घट्यो सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सिद्धार्थको खुद नाफा ८.३२ प्रतिशतले घटेर ३२ करोड १० लाख ७१ हजार रुपैयाँमा आएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिद्धार्थको खुद बीमा शुल्क आर्जन १४ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६२ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

लगानी, कर्जा तथा अन्य आम्दानी ११.५९ प्रतिशतले घटेपछि कम्पनीको खुद नाफा प्रभावित भएको छ । बीमा कोषको आकार १५.९३ प्रतिशतले बढेर १ अर्ब १६ करोड ८३ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

जगेडा कोषको आकार भने ९.३७ प्रतिशतले घटेर ३१ करोड २६ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ११ पैसा छ । हाल यो कम्पनी प्रिमियर इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board