सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौँ । फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्धतमा म्यानचेस्टर सिटीले सिजन २०२२/२३ प्रिमियर लिगमा विजयी सुरूवात गरेको छ । नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो ।

खेलको ३६औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हालान्डले ६५औँ मिनेटमा सिटीको अग्रता दोब्बर पारे । यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २–१ ले पराजित भयो । युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए ।

पास्कल ग्रोसले ३०औँ मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पर्‍यो । ३९औँ मिनेटमा पास्कलले नै दोस्रो गोल गरे ।

युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८औँ मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति