यी हुन् आगामी निर्वाचनमा सहभागी हुन योग्य ११६ दल (सूचीसहित)

काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन ११६ वटा राजनीतिक दल योग्य देखिएका छन् । निर्वाचन आयोगमा २०७९ साउन १९ गतेसम्म दर्ता भएका राजनीतिक दलले मात्र आगामी निर्वाचनमा भाग लिन पाउने छन् ।

आयोगका अनुसार सबैभन्दा पछि वामदेव गौतम संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान र श्यामबाबु गौतम संयोजक रहेको पुनर्जागरण पार्टी, नेपाल २०७९ साउन १२ गते दर्ता भएका हुन् ।

साउन १९ गतेसम्म दर्ता भएका दलहरूले साउन ३१ गतेसम्म राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर निवेदन दिन सक्ने छन् ।

स्थानीय तहको निर्वाचनमा दल दर्ता गरेर नै निर्वाचनमा सहभागी हुन खोजेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन नपाउने भएको छ ।

निर्वाचन आयोगमा साउन १९ गतेसम्म दर्ता भएका दलमा विप्लव नेतृत्वको नेकपा दर्ता भएको देखिँदैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति