इन्डियन आइडल छोड्दै अनु मलिक

काठमाडौँ । संगीतकार तथा गायक अनु मलिक ‘इन्डियन आइडल’बाट अलग्गिने भएका छन् । उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउने छन् ।

मलिकले यो कुराको पुष्टि गरेका छन् । ‘म लामो समयदेखि इन्डियन आइडलसँग जोडिएको छु । अब म योभन्दा अगाडि बढ्न चाहन्छु । पहिलोपटक सा रे गा मा पाको निर्णायक हुन पाउँदा खुसी छु । अब म युवा गायक गायिकालाई जज गर्न केन्द्रित हुने छु,’ उनले भनेका छन् ।

इन्डियन आइडलमा रहँदा मलिक ‘मिटु’ विवादमा मुछिएपछि उनले यो शो छोडेका थिए । तर, सन् २०२१ मा विशाल ददलानीले शोबाट ब्रेक लिएपछि उनको स्थानमा पुनः मलिक गएका थिए ।

‘मिटु’ विवादमा जोडिएपछि यो विषयमा उनलाई सञ्चारमाध्यमले प्रश्न गर्दा उनले बोल्न अस्वीकार गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board