नेपाल-भारत सीमालाई व्यवस्थित बनाउन माग

जनकपुरधाम । जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको खुला सिमानालाई अझै व्यवस्थित र सहज बनाउन वक्ताहरुले धारणा व्यक्त गरेका छन् ।

नेपाल–भारत खुल्ला सीमाना संवाद समूहले शनिबार जनकपुरमा आयोजना गरेको ‘बद्लिदो परिवेसमा नेपाल–भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो धारण राखेका हुन् ।

कार्यक्रममा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीब झाले परापूर्वकालदेखि नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको भन्दै यी दुई देशको सीमानामा तारबार लगाउन नहुने बताए ।

दुई देशका सरकारबीच मात्र नभई दुई देशका नागरिकबीच आर्थिक समाजिक, सांस्कृतिक सम्बन्ध रहेको बताउँदै अध्यक्ष झाले तारबार लगाउनुभन्दा सीमानालाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताए ।

‘समाजिक, सांस्कृतिक, धार्मिक, भाषिक रहनसहन र रितिरिवाज एक नासको रहेको छ,’ अध्यक्ष झाले भने, ‘यसलाई अझ बलियो बनाउन दुवै देशका सरकारका साथै दुवै देशका नागरिकको भूमिका महत्वपूर्ण छ ।’

नेपाल–भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमा रेखा रहेको अध्यक्ष झाले बताए । कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीकी नेतृ बीभा ठाकुरले नेपाल र भारतको रामायणकालदेखि वर्तमानसम्म अटुट सम्बन्ध रहेको बताइन् ।

दुई देशका जनताबीच सौहार्दपूर्ण सम्बन्धकै कारण समाजमा विवाह जस्तो पवित्र सम्बन्ध गासिने चलन पौराणिककालदेखि हुँदै आएको उल्लेख गर्दै नेतृ ठाकुरले भनिन्, ‘विवाहमा उपहार स्वरुप बनाउने समानहरुलाई सीमानामा सहज रुपमा ओहरदोहरको व्यवस्था हुनुपर्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति