जसपाको एक नम्बरमा राई, दोस्रोमा यादव

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)को एक नम्बर वरीयताक्रममा अशोक राईलाई राखिएको छ । उनी जसपाका संघीय परिषद् अध्यक्ष हुन् ।

अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै उनलाई वरीयताको पहिलो नम्बरमा राखिएको हो । यसअघि उनको वरीयता वरिष्ठ नेताको रूपमा तेस्रो नम्बरमा थियो ।

केन्द्रीय कार्य समिति पुनर्गठन गर्दा राईलाई एक नम्बरमा ल्याइएको हो । यसअघि डा.बाबुराम भट्टराईको वरीयता संघीय परिषद् अध्यक्षका रूपमा एक नम्बरमा थियो भने दोस्रो नम्बरमा अध्यक्ष यादवको वरीयता थियो ।

हालै वीरगन्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले राईलाई संघीय परिषद् अध्यक्ष बनाएको थियो ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिमा २२ जना सदस्य छन् । नेपाली अक्षरको वर्णानुक्रमअनुसार अरूलाई राखिएको छ ।

यसैबीच आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गरिएको छ । केन्द्रीय समितिको अध्यक्ष प्रमुख रहने सो बोर्ड १३ सदस्यीय रहेको छ ।

बोर्डमा प्रदेश १ बाट दिपक याख्या, मधेस प्रदेशबाट बालकिशोर यादव, हरिनारायण यादव, गोविन्द चौधरी, बागमती प्रदेशबाट लालबहादुर तामाङ, लुम्बिनी प्रदेशबाट सहसराम यादव, कर्णाली प्रदेशबाट वीरबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट हेमन्त माण्डव्य रहेका छन् । सो बोर्डमा संघीय परिषद्का अध्यक्ष, वरिष्ठ नेता तथा सहअध्यक्ष पदेन सदस्य रहने जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board