काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला भएको छ ।
तालमेल गरेका दलले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने निर्वाचन आयोगले जनाएको हो । यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनु पर्ने छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्योभन्दा बढी दलहरू एकल निर्वाचन चिन्ह लिइ निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।
संयुक्त रूपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आबद्ध हो भन्ने चाहिँ खुलाउनु पर्ने छ । तर, यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलकै सांसद् मानिने छन् ।
COMMENTS