गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ तोडिन्

काठमाडौं । गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ तोडेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेलिनाले इन्गेजमेन्ट तोडेको जानकारी गराएकी छन् ।

एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग दुई वर्षअघि इन्गेजमेन्ट भएको भन्दै तस्विर सार्वजनिक भएको थियो । उनले चाँडै विवाह हुने जानकारी पनि गराएकी थिइन् ।

शुक्रबार उनले फेसबुकमा लेख्दै इन्गेजमेन्ट तोडिएको जानकारी गराएकी हुन् ।

मेलिना राईको स्टाटस–

बिषय – Engagement तोडिएको जानकारी !

केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board