व्यापारीले भाडा नतिरेपछि ३५ दिनभित्र सटर खाली गर्न महानगरको सूचना

पोखरा । पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालय अगाडिलगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । तर, लामो समयदेखि व्यवसायीले भने भाडावापतको रकम तिरेका छैनन् । महानगरले व्यवसायीसँग भाडा लिन सकेको छैन ।

महालेखा परीक्षकले हरेक वर्ष उक्त भाडा असुल्न निर्देशन दिन्छ । तर, महानगरले व्यवसायीबाट भाडा उठान सकेको छैन । यसैबीच भाडा नतिरेका व्यवसायीलाई सटर खाली गर्न महानगरले उर्दी जारी गरेको छ ।

एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र सटर खाली गर्न निर्देशन दिएको हो ।

महानगरको स्वामित्वमा रहेका महेन्द्रपुल नजिकका सटरमा व्यवसाय सन्चालन गर्दै आएकाहरुले विगतमा गरेका सम्झौताको म्याद थप नगरेको जनाएको छ ।

‘व्यवसायीहरु सम्पर्कमा आएका छैनन् । पटक–पटक ताकेता गर्दा बहाल बक्यौता भुक्तानी नदिएकोले सटर खाली गर्न सूचना निकालिएको छ । ३५ दिनभित्र आफैँ सटर कवलबाट व्यवसाय हटाउनु होला । आफैँ नहटाएमा कानुन बमोजिम कार्यान्वयन हुने व्यहोरा सूचित गरिन्छ’ सूचनामा भनिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board