निजगढ विमानस्थल अध्ययन गर्न १० सदस्सीय विज्ञ टोली गठन

काठमाडौँ । बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामा १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो ।

सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरू गर्न आदेश दिएको थियो । सर्वोच्चको सो आदेश दिएको एक महिनापछि सरकारले विज्ञ टोली गठन गरेर अन्तर्राष्टिय विमानस्थल निमार्ण प्रक्रियामा जानकारी लिन खोजेको हो । देउवा नेतृत्वको सो टोलीमा पूर्वअर्थसचिव रामेश्वर खनाल र पूर्वाधारविद् सूर्यराज आचार्यलगायत सदस्य रहेका छन् ।

सर्वोच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको पर्यटनमन्त्री जीवनराज श्रेष्ठले बताए । उनका अनुसार समितिलाई निजगढ विमानस्थलको स्थलगत अध्ययनसमेत गरेर आफनो प्रतिवेदन पेस गर्नका लागि एक महिनाको समय दिइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board