काठमाडौँ । मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि गठबन्धनको बैठक बोलाइएको छ ।
बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुने छ ।
गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका थिए ।
प्रतिक्रिया