अभिनेता मिथिलेश चतुर्वेदीको निधन

काठमाडौं, १९ साउन । फिल्म र टेलिभिजनका लोकप्रिय अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । उनले गत बुधबार लखनउस्थित निवासमा अन्तिम श्वास फेरेका हुन् । उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए ।

मिथिलेशलाई केही दिनअघि मात्र हृदयघात भएको थियो । त्यसपछि उनी गृहनगर लखनऊ गएका थिए । मिथिलेशले ‘कोई मिल गया’, ‘रेडी’, ‘ताल’, ‘सत्या’लगायतका फिल्ममा अभिनय गरेका थिए ।

फिल्म ‘कोई मिल गया’मा उनको कास्टिङ किस्सा निकै रोचक छ । निर्देशक राकेश रोशनले फिल्मको लागि काम गरिरहँदा उनले फिल्म ‘फिजा’ हेरेका थिए । यो फिल्ममा एक दृश्य छ, जहाँ अभिनेत्री करिश्मा कपूरले मिथिलेशको अनुहारमा पानी फ्याक्छिन् ।

यो दृश्य देखेपछि राकेश मिथिलेशबाट प्रभावित भएका थिए । त्यसपछि अर्को चरित्रका लागि रवि झाकडलाई बोलाउँदा रविले उनको नाम मिथिलेश चतुर्वेदी रहेको जानकारी दिएका थिए । यसपछि राकेशले मिथिलेशलाई बोलाए र फिल्ममा अनुबन्धित गरे ।

मिथिलेशले बलिउडमा डेब्यू सन् १९९७ मा ‘भाई भाई’बाट गरेका थिए । यसपछि उनले ‘सत्ता’, ‘ताल’, ‘फिजा’, ‘रोड’, ‘कोई मिल गया’, ‘गान्धी माइ फादर’ र ‘बन्टी बबली’ जस्ता फिल्ममा अभिनय गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board