ताइवान नजिकै चीनले सुरू गर्‍यो सैन्य अभ्यास

एजेन्सी । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’की सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सीमा वरपर सैन्य अभ्यास सुरू गरेको छ । बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सामाजिक सञ्जाल ट्विटरमार्फत सैन्य अभ्यास सुरू गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, “पिएलएले ताइवान नजिकै एक संयुक्त सैन्य अभ्यास सुरू गरेको हो । चीनले आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्छ ।”

पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुन्द्र वरपर सैन्य अभ्यासको घोषणा गरेको बीबीसीले जनाएको छ । बिहीबारदेखि सुरू हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गमा समेत हुने छन् । त्यसमा लामो दुरीको प्रत्यक्ष गोलाबारीसमेत हुने छ ।

समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको हवाइ क्षेत्रमा प्रवेश गरेको बताएको छ । ताइवाले चिनियाँ विमानलाई चेतावनी दिन आफूले पनि लडाकु विमान उडाएको उल्लेख गरेको छ ।

चीनले सैन्य अभ्यास सुरू गरेसँगै जी–७ मुलुकको समूहले चीनको आक्रामण सैन्य अभ्यास कुनै पनि हिसाबमा जायज नभएको बताएको छ ।

चीनको विरोधबीच अमेरिकी संसद्की सभामुख पेलोसी ताइवान पुगेकी थिइन् र बुधबार दक्षिण कोरिया प्रस्थान गरेकी थिइन् । पेलोसीले राजधानी ताइपेईमा राष्ट्रपतिसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board