जनश्रममा विप्लव नेतृत्वको नेता तथा कार्यकर्ता

खोटाङ । खोटाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जनश्रममा जुटेका छन् । ‘उत्पादनमा जोड दिऔँ, आत्मनिर्भर बनौँ’ भन्ने पार्टीको नीति अनुसार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित रावाखोला किनारमा रहेको कटहरेबेँसीमा धान भित्र्याउन व्यस्त बनेका हुन् ।

पार्टी कमिटीलाई आत्मनिर्भर बनाउने नीति अनुसार गत चैतमा चार रोपनी खेतमा रोपाइँ गरिएको नेपाल कम्युनिस्ट पार्टीका खोटाङ इन्चार्ज सञ्जीव थापा मगरले बताए । धान झार्नका लागि उनीहरूले मेसिन प्रयोगमा ल्याएका छन् ।

धान काट्न, झार्न र प्याक गर्नमा केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी, किरात राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक जीवन राई, खोटाङ इन्चार्ज थापा मगर, सचिवालय सदस्य चक्रबहादुर खत्री, जनस्वयंसेवकका संयोजक कमल थापा लगायत सहभागी छन् । बुढाथोकीमाथि भने सरकारले पक्राउ पुर्जी जारी गरेको अवस्था छ ।

नेपाल कम्युनिस्ट पार्टीले स्थानीयको खेत कमाउन मागेर धान खेती लगाएका हुन् । आगामी दिनमा जिल्ला कमिटी चामल र तरकारीमा आत्मनिर्भर बनेको थापा मगरले बताए ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आलु खेती लगाएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । २–३ मुरी आलु भण्डारण गरिएको थापा मगरले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board