ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु


चितवन, १८ साउन । चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर–भण्डारा खण्डको राप्ती नगरपालिकाको बीरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउँसो राप्ती नगरपालिका–७ वीरेन्द्र चोकमा भरतपुरबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख ५९८६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदैगरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ हर्दीकी २४ वर्षीया रमिता तामाङको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुरको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमान सुशील कुँवरले चलाएको स्कूटरमा सवार रमिताको मृत्यु भएको र उनका श्रीमानको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति