किन्डरगार्डनमा चक्कु प्रहार, ३ जनाको मृत्यु

बेइजिङ, १८ जेठ । दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्डनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्डनमा उक्त हमला भएको थियो ।

४८ वर्षीय संदिग्ध फरार छन् । संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’, प्रहरी विज्ञप्तिमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति