अमेरिकाले ठुलो मूल्य चुकाउनुपर्छ : चीन

एजेन्सी । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पोलोसीको चीन भ्रमणलाई लिएर कूटनीतिक विवाद बढेको छ । पेलोसीको भ्रमणको विरोधमा चीनले अमेरिकी राजदूतलाई बोलाएको छ ।

चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार अमेरिकी राजदूत निकोलस बन्नससँगको कुराकानीको क्रममा उपविदेशमन्त्री झी फेङले पेलोसीको भ्रमणको कडा विरोध गरेका थिए ।

‘यो कदम प्रकृतिमा अत्यन्तै डरलाग्दो छ र परिणामहरू अत्यन्त गम्भीर छन्’ उनले भनेका छन् । अमेरिकाले ‘आफ्नो गल्तीको मूल्य आफैँ तिर्ने’ र वासिंगटनलाई तत्काल आफ्ना गल्तीहरूलाई सम्बोधन गर्न’ उनले चेतावनी दिएको सिन्ह्वाले रिपोर्ट गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति