साफ यू–२० : बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

काठमाडौँ । लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै साविक विजेता भारत यू–२० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ । भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक गोल गरे । माल्दिभ्सले खेलको अन्तिम मिनेटसम्म भारतलाई रोके पनि गुरकिरतले ९०औँ मिनेटमा निर्णायक गोल गरे ।

यस्तै, इन्जुरी समयमा पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाउँदै बाहिरिएपछि भारत १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै भारतले उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गर्‍यो । यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपालसँग १–१ को बराबरीमा रोकिए पनि बंगलादेशले फाइनलको टिकट काटेको थियो ।

जितसँगै दोस्रो स्थानको भारतले चार खेलबाट ९ अंक जोड्यो । यस्तै, शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्दा तेस्रो स्थानको नेपालले ७ अंक बटुल्यो । यसअघि नै माल्दिभ्स र श्रीलंका भने उपाधि दौडबाट बाहिरिएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board