मुख्यमन्त्री राई कोरोना संक्रमित, पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित उनका परिवारजन कोरोना संक्रमित भएका छन् । मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना संक्रमित भएका हुन् ।

मुख्यमन्त्रीका सचिवालयका १६ जनामा सोमबार पीसीआर परीक्षण गरिएको थियो भने सो क्रममा तीन जनामा कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा मुख्यमन्त्रीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।

संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board