भरतपुरमा माइक्रो दुर्घटना, १८ जना घाइते

भरतपुर, १६ साउन । चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम तथा सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । उक्त माइक्रोमा अधिकांश मुक्तिनाथ बिकास बैंक धादिङमा कार्यरत कर्मचारी रहेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति