विप्लव र प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी

ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरु बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरु सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउनेले ३५ दिनभित्र अदालतमा हाजिर हुनुपर्ने छ । उनीहरुविरुद्ध हातहतियार खरखजना, बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्यविरुद्धको अपराध, हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी कसुर गरेकोलगायत मुद्दा छ ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीवाट विद्रोही गर्दै सशष्त्र द्वन्द्वमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एकजनाको ज्यान गएको थियो भने देशभरियस्ता हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरि उजुरी छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमार्फत् शान्ति प्रक्रियामा आए पनि उनीहरुविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैन, जसकाकारण अदालतले समय समयमा नै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति