गैडहवा गाउँपालिकामा दुई सातादेखि तालाबन्दी

रुपन्देही । जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ ।

जनप्रतिनिधिले नै विभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ सातादेखि पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन् । सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभएपछि थप समस्य देखिएको हो ।

नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । गाउँपालिकामा भ्रष्टचार भएको, विकास निमार्णको काम अगाडि नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरुले जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति