इंग्ल्यान्ड पहिलो पटक महिला युरो च्याम्पियन

काठमाडौँ । जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै आयोजक इंग्ल्यान्डले पहिलो पटक महिला युरोकप २०२२ को उपाधि जित्न सफल भएको छ ।

आइतबार राति वेम्बलीमा रंगशालामा भएको फाइनलमा इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले सान्त्वना गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरेका थिए । यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

खेलको ६२औँ मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलान् । ७९औँ मिनेटमा जर्मनीकी लिनाले खेल १–१ गोलको बराबरीमा ल्याइन् । अतिरिक्त समयमा (११० मिनेट) इंग्ल्यान्डकी केलीले विजयी गोल गरिन् ।

योसँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरो कपको उपाधि जितेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति