काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौँमा आज जनप्रदर्शन गर्ने भएको छ।
सर्वोच्च अदालतको परमादेश पछि निमार्ण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्य वस्तुलगायतको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजे जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।
वसन्तपुरबाट सुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसद्हरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहने छ ।
प्रतिक्रिया