थपिए कोरोनाको ६२० जना नयाँ संक्रमित, एक जनाको मृत्यु

काठमाडौं, १५ साउन । पछिल्लो चौबिस घण्टामा देशमा कोरोना भाइरसको ६२० जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६५१ जनाको पीसीआर र ३ हजार १९५ जनाको एन्टीजेन विधिबाट गरी कुल ५ हजार ८४६ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा २९७ जना कोरोना भाइरसका संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ५६७ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति