थपिए कोरोनाको ६२० जना नयाँ संक्रमित, एक जनाको मृत्यु

काठमाडौं, १५ साउन । पछिल्लो चौबिस घण्टामा देशमा कोरोना भाइरसको ६२० जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६५१ जनाको पीसीआर र ३ हजार १९५ जनाको एन्टीजेन विधिबाट गरी कुल ५ हजार ८४६ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा २९७ जना कोरोना भाइरसका संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ५६७ रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board