काठमाडाैं, १५ साउन । एमालेको मोर्चा संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघअन्तर्गत नेपाल लोकतान्त्रिक तमु संघको हालै पोखरामा बसेकाे केन्द्रीय विस्तारित बैठक एवं भेलाले दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिमा संयोजकमा बेदबहादुर गुरुङ(श्याम) र महासचिवमा हुमबहादुर गुरुङसहित १५१ सदस्य छन् ।
विस्तारित बैठक तथा भेलाको उद्घाटन गर्दै एमाले स्थायी समिति सदस्य एवं नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रीय समिति अध्यक्ष किरण गुरुङले संघको स्थापनाको एतिहासिकता, संघको गतिविधि र आगामी कार्यदिशा प्रष्ट पारे । उनले अधिकारको आन्दोलनको नाममा अतरन्जित रुपमा थेग्नै नसक्ने माग थपिँदै गएकाले आदिवासी आन्दोलनले पाउनसक्ने अधिकार समेत प्राप्त हुन नसकेको बताए ।
आदिवासी आन्दोलनलाई झुक्याउने काम माओवादीले गरेको आरोप लगाउँदै नेपालमा कुनै समुदायको बाहुल्यता नभएकाले प्रदेशको नामाकरणमा जातिय पहिचान स्थापित गर्न नसकेको बताए ।
तर पनि समुदायको अधिकारका लागि संबिधानले व्यववस्था गरेको अधिकार सुनिश्चित गर्न जोड दिनुपर्ने बताए । पहिलो संबिधानसभा ताका धेरै आदिवासी आन्दोलनबाट बहकिएकाले पाउनसक्ने अधिकार नपाएको मात्रै नभई संविधानसभा नै भंग गरिनुबाट आदिवासीका अधिकार कुण्ठित भएको अध्यक्ष गुरुङको भनाइ छ ।
अब लोकतान्त्रिक तमु संघले संविधानले दिएको अधिकार र एमाले पार्टीले निर्दिष्ट गरेको व्यवस्थालाई पूर्ण रुपले उपयोग गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया