श्रीलंकामा सर्वदलीय सरकारका लागि विक्रमासिंघले सुरु गरे विपक्षीसँग वार्ता

एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आफ्नो नेतृत्वमा रहेको सर्वदलीय सरकारमा सामेल हुनका लागि विपक्षी दलहरूसँग वार्ता सुरु गरेका छन् । आफ्नो प्रशासनमा विश्वास स्थापित गर्न र टाट पल्टिएको देशलाई खराब आर्थिक संकटबाट जोगाउन उनले पछिल्लो कदम चालेका हुन् ।

वार्ता एक साता सम्पन्न हुने स्रोतलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ । विक्रमासिंघेले बिहीबार पूर्वराष्ट्रपति मियाथ्रिपाला सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)सँग वार्ता गरेका छन् । तर, प्रमुख प्रतिपक्षी दल समगी जन बालवेगय (एसजेबी) पार्टी सरकारमा सहभागी नहुने अखबारले जनाएको छ ।

यसको सट्टा यसका केही सांसदहरू व्यक्तिगत रूपमा सत्तापक्षसँग सामेल हुने विचार गरिरहेका जनाइएको छ । यसैबीच, सांसद विमल विरावान्साको नेतृत्वमा राष्ट्रिय स्वतन्त्रता मोर्चा (एनएफएफ)ले विक्रमासिंघेलाई समर्थन गर्ने बाचा गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति