काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते संघीय निर्वाचन हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले संघ र प्रदेशको निर्वाचन ४ मंसिरमा हुने पक्का भएको बताएका हुन् ।
उनले आफूले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा ४ मंसिरमा चुनाव हुने पक्का भएको उल्लेख गरे । उनले भने, ‘हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा भएको थियो । अब निर्वाचन मंसिर ४ गते हुने पक्काजस्तै भएको छ ।’
उनले नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशनसमेत दिएका छन् ।
प्रतिक्रिया