दार्चुला र सिन्धुपाल्चोकमा पहिरोका कारण सडक अवरुद्ध

काठमाडौं, १३ साउन । दार्चुला र सिन्धुपाल्चोकमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित दार्चुला गोकुलेश्वर सडक–खण्डमा वर्षाका कारण शुक्रबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

प्रहरी चौकी धापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङस्थित अरनिको राजमार्गमा वर्षाको कारण शुक्रबार बिहान सडक भासिन गई सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

प्रहरी चौकी फुल्पिङकट्टीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति