एसइई नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ गतेभित्र निवेदन दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत ‘परीक्षा नियन्त्रण कार्यालय कक्षा १०’ले सूचना जारी गरी आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि परीक्षार्थीलाई तोकिएको ढाचामा निवेदन दिन आह्वान गरेको हो ।

शिक्षाक विकास तथा समन्वय एकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिने छ । निवेदन दस्तुर ५ सय रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ ।

२०७८ सालको एसइईको नतिजा बुधबार सार्वजनिक गरिएको थियो । परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार ७५१ परीक्षार्थीको नतिजा सार्वजनिक भएको थियो ।

परीक्षामा २२ हजार ६४० अर्थात् ४.५७ प्रतिहत परीक्षार्थी अनुपस्थित रहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति