जापान जाने सोतोकान कराते टोलीको बिदाइ

काठमाडौं, १२ साउन । पन्ध्रौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार जापान प्रस्थान गर्ने टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे ।

साउन १६ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जंगम र महिला ५५ केजीमुनि अद्रिना थापाले नेपालको चुनौती प्रस्तुत गर्नेछ ।

टोली प्रमुखमा नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक एवं अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकमा लीलाराज डाँगी रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति