बुटवल, १२ साउन । रुपन्देहीको सैनामैना सालझण्डीमा घाँस काट्न जंगलमा गएकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सैनामैना नगरपालिकाको तुलबुलिया खोला पूर्वको नेवारडाँडो जंगलमा घाँस काटेर फर्कने क्रममा बारुलाले चिलेपछि चिच्याएकी १९ वर्षिया महिलाई सहयोग गर्ने बहानामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा ४८ वर्षिय निलमणि दमाई पक्राउ परेका ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
जंगलमा दाउरा काट्न गएका दमाईले सहयोग गर्ने बाहनामा एकान्त स्थानमा संवेदनशील अंग छुँदै जबरजस्ती करणी गर्न खोजेको भन्दै ती महिला भागेर घर आएकी थिइन् ।
बिवाहित महिलाले घरमा आएर घटनाबारे जानकारी गराएपछि परिवारले सालझण्डी प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरको हो ।
उनीमाथि करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भइरहेको ईलाका मरासिनीले बताए ।
प्रतिक्रिया