मन्त्री शशी श्रेष्ठले गरिन् ‘कीर्ते’ नियुक्ति

काठमाडौं, १० साउन । भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठले कीर्ते काम गरेकी छन् । भूमिसुधार मन्त्रालयअन्तर्गत रहेको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णयमा नियुक्त गरेकी हुन् ।

सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकास पाएकी उर्मिला पोखरेललाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी सस्थाबाट नक्कली अनुभव पत्र बनाउन लगाई नियुक्त गरेकी हुन् ।

मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरि मुद्दा चलाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति