इन्जा ग्रामीण पत्रकारिता पुरस्कार दीपा कर्णलाई

काठमाडौं, १० साउन । नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा) ले यस बर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ ।

५० पचास हजार धनराशीसहित कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने इन्जा निर्णायक मण्डलले गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जनाए ।

एक दशकदेखि सप्तरीको स्थानीय रेडियो हुँदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको बिकास, संरक्षण र प्रवद्र्धन एवं मधेशका समाचार प्रवाहमा उल्लेख्य योगदान पु¥याउँदै आइकी कर्णले ग्रामीण जीवन, त्यसमा पनि तराईमा लैंगिक समानताका लागि पत्रकारितामार्फत क्रियाशीलता बढाउदै आएकी छिन् ।

यस्तै ग्रामीण आवाजलाई उजागर गर्ने उदेश्यले ०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीमा प्रसारण सुरु भएको थियो । रेडियो मेलम्चीले १०७।२ मेघाहर्जबाट स्थानीय नागरिकलाई सुसुचित गर्ने र उनीहरूका आवाजलाई जस्ताकोतस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति