पहिरोका कारण तीन सडक अवरुद्ध

काठमाडौं, १० साउन । अविरल वर्षासँगै आएको पहिरोका कारण लमजुङ, कालिकोट र बागलुङका तीनवटा सडक खण्ड अवरुद्ध भएका छन् ।

लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरुद्ध भएको छ ।

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
कालिकोटको खाडाचक्र नगरपालिका–२ जितेस्थित कर्णाली राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।

अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बागलुङको बागलुङ नगरपालिका–१० डब्ल्याङस्थित कालिगण्डकी कोरिडर सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । प्रहरी चौकी मालढुङगाबाट खटिएको प्रहरीले अवरुद्ध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति