प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेजी माग गर्दै नाराबाजी (भिडियो)

काठमाडौं । नागरिकता बिधेयक खारेज गर्नुपर्ने भन्दै एक युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् । 

सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभुति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता बिधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।

उनले नागरिकता बिधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौं, स्वानिधनताको रक्षा गरौ भन्दै नारा लगाएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनीलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति