दक्षिणी जापानमा ज्वालामुखी बिष्फोट : दर्जनौँ मानिसलाई घर छोड्न आग्रह

एजेन्सी । दक्षिणी जापानमा ज्वालामुखी बिष्फोट भएपछि दर्जनौँ मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गरिएको छ । राष्ट्रिय मौसम निकायले पहाडको लागि उच्च चेतावनी जारी गरेको छ । टेलिभिजन फुटेजमा रातो–तातो चट्टानहरू र कागोशिमाको साकुराजिमा ज्वालामुखीबाट बिष्फोट भएको देख्न सकिन्छ ।

क्षतिको तत्काल कुनै रिपोर्ट नआएको उपप्रमुख क्याबिनेट सचिव योसिहिको इसोजाकीले भने। प्रधानमन्त्री फुमियो किसिदाले सरकारलाई स्थानीय नगरपालिकासँग मिलेर काम गर्न निर्देशन दिएका छन् ।

स्थानान्तरणमार्फत् क्षति रोकथाम सुनिश्चित गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । आइतवारको विस्फोटले क्रेटरबाट करिब २.५ किलोमिटर (१.५ माइल) ठुला सिन्डरहरू निस्कियो, जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ ।

ज्वालामुखीको धुवाँ करिब ३०० मिटर उचाइसम्म पुगेर बादलमा विलिन भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति