सात जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीले सात जिल्लाका प्रहरी प्रमुख फेरेको छ ।

नेपाल प्रहरीले आज काज सरुवा गरेका ११ जना प्रहरी उपरीक्षक (एसपी)मध्ये सात जिल्ला प्रमुख छन् ।

सरुवा सूची अनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति