भक्तपुर दुर्घटनाः मृतक एक जनाको पहिचान खुल्यो

भक्तपुर, ८ साउन । भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका-२ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् ।

आइतबार दिउँंसो सवा १२ बजे भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा २ख३५८४ नम्बरको बस र बा६१प३९७८ नम्बरको स्कुटरलाई किच्दा तीनजनाको मृत्यु भएको र १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये दुईजनाको अझै पहिचान हुन सकेको छैन । पहिचान नखुलेका मृतक पुरुष रहेका छन् ।

तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूको भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति