बार्सिलोनाले रियल मड्रिड र सिटीले बायर्नलाई हरायो

काठमाडौं, ८ साउन । प्रि-सिजनको ‘एल क्लासिक’ भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई १–० अन्तरले हराएको छ । रोबर्ट लेवान्डोवस्कीलले डेब्यु गरेको खेलमा बार्सिलोनालाई जिताउन २७औं मिनेटमा राफिन्हाले गरेको गोल निर्णायक बन्यो ।

लेवान्डोवस्की बायर्न म्युनिख र राफिन्हा लिड्स युनाईटेडबाट यसै सिजन क्याम्प नोउ भित्रिएका थिए । यस्तै, प्रि(सिजन टुरमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई १–० अन्तरले पराजित गरेको छ ।

सिटीलाई जित दिलाउन १२औं मिनेटमा डेब्यु खेलाडी एर्लिङ हालाण्डले निर्णायक गोल गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति