सर्पले टोकेर बालकको मृत्यु

सिरहा, ८ साउन । सर्पको टोकाइबाट सिरहामा एक बालकको मृत्यु भएको छ। साथीहरूसँग घरमै लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सर्पले टोक्दा गोलबरजार नपा-३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायको मृत्यु भएको हो।

सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुराए पनि बाटोमै मृत्यु भएको बताइएको छ।

खेलिरहेका बेला सर्पले टोकेको भए पनि बालकले थाहा नपाएका कारण उनी सिकिस्त भएपछि मात्रै घरपरिवारले थापा पाएको स्थानीय नरवहादुर थापाले जानकारी दिए।

उनी गाउँकै सरस्वति माध्यमिक विद्यालयमा बालविकासमा पढ्दै थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति