भक्तपुरमा रुख ढलेर बस र स्कुटर किच्दा ३ को मृत्यु

काठमाडौँ, ८ साउन । भक्तपुरकाे दुधपाटीस्थित आइतबार दिउँसो १२ बजेतिर रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

काठमाडौंबाट भक्तपुरको दूधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र स्कुटरलाई रुख ढलेर किच्दा यात्रारत १५ जना घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई भक्तपुर अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति