मंकीपक्स फैलिदो, डब्लुएचओले गर्यो संसारभर स्वास्थ्य आपतकाल घोषणा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ।

डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्‌काल घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्‌काल घोषणा गरिएको जनाएका छन्।

अहिलेसम्म संसारका ७५ देशका १६ हजार मानिसमा मंकीपक्सको सङ्क्रमण देखिएको छ। त्यस्तै, यसको सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।

डब्लूएचओले संसारभर स्वास्थ्य आपत्‌काल घोषणा गरेको यो तेस्रो पटक हो। कोरोनाभाइरसको महामारीमा दुई वर्षअघि स्वास्थ्य आपत्‌काल घोषणा गरिएको थियो। त्यसअघि पोलिओको महामारी फैलिंदा पनि डब्लूएचओले स्वास्थ्य आपत्‌काल घोषणा गरेको थियो।

डब्लूएचओले मंकीपक्स संसारका सबै क्षेत्रमा फैलिएको जनाएको छ। डा। टेड्रोसले भने, ुुडब्लूएचओको मूल्याङ्कनमा मंकीपक्सको जोखिम विश्वव्यापी रूपमा र मध्यम किसिमको छ। यूरोपमा भने यसको जोखिम उच्च आकलन गरिएको छ।ुु

स्वास्थ्य आपत्‌काल घोषणाले यसको सङ्क्रमण फैलिनबाट रोक्न सहयोग पुग्ने उनको विश्वास छ। यससँगै यस विरुद्धको खोप उत्पादन गर्न पनि सहायक हुने डा। टेड्रोसको भनाइ छ।

यसको सङ्क्रमण फैलिन नदिन कदम चाल्नुपर्ने उनले बताए। ुुयो एक प्रकोप हो, यसलाई सही रणनीति अपनाएर रोक्न सकिन्छ,ुु उनले भने।

मंकीपक्स सबभन्दा पहिले सन् १९५० मा मध्य(अफ्रिकामा देखिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति