पुँजीवादीमा उदारता आएर होइन मजदुरहरुकै कारण अहिलेको अवस्था आएको हो : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्व अहिलेको स्थितिमा भइरहेको विकास र आधुनिकता मजदुरहरूकै कारण भएको बताएका छन् । विश्वका विभिन्न देशमा मजदुर युनियन आवश्यक नै नभएको भनेर अभियान समेत चलेको तर पछि उनी मजदुहरूबाटै विश्वमा परिवर्तन सम्भव भएको बताए ।

काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिले पुँजीवादीहरूका कारण विश्वमा परिवर्तन भएको हो कि जस्तो देखिए पनि त्यस नभएको उनले बताए । उनी यो परिवर्तन हाम्रो संघर्षको परिणम भएको उनको भनाइ थियो ।

कार्यक्रममा उनले नेपालमा पनि भएका जति पनि सुधार छन् सबै मजुदरकै कारण भएको बताए । उनले कार्यक्षेत्रमा महिला पुरुष बराबरी, कार्यस्थल सुरक्षा, बिमा, ज्यालमा समानाता, समाजिक सुरक्षा जस्ता सबै सुधार मजदुरकै कारण भएको बताए । तीन वर्षअघि अर्थात् सन् २०१९ मा आफू आइएलओमा जाँदा पनि त्यहाँ नेपाली मजदुरहरुको योगदानको प्रसंसा भएको सुनाए ।

कार्यक्रममा उनले नेपालको भविष्य र सुसासनको मजदुरहरुमै निर्भर रहेको बताए । साथै, समृद्ध नेपाल, सुखी नेपाली अभियान मजदुर आन्दोलन र मजदुर युनियनकै उपार्जन भएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति