साना कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयकविरुद्ध प्रदर्शन गर्ने 

काठमाडौं, ६ साउन । साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । 

विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् । 

उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्गरमा विरोधको कार्यक्रम राखेका छन् । 

गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई निर्णयार्थ पेश गर्दैछन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति