काठमाडौं उपत्यकामा एकैदिन १९ सय ४१ जना सवारी चालकमाथि कारवाही 

काठमाडौं, ६ साउन । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९४१ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३, लेन अनुशासन पालना नगर्ने ६५, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक छन् । 

अन्य कारण कारवाहीमा पर्नेमा १ हजार ७६९ जना सवारी चालक छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति