नयाँ बानेश्वरमा खुल्यो ५५ स्वाद सहित चिया सागर

काठमाडौं, ५ साउन । चिया पारखीहरूकाे लागि काठमाडौंको नयाँ बानेश्वरस्थित के एण्ड के कलेज अगाडि ‘चिया सागर’ खुलेको छ।

यही असार ३१ बाट सञ्चालनमा आएको ६० लाख लगानी रहेकाे चिया सागरले ५५ प्रकारका चिया उपलब्ध गराउँछ ।

चिया सागरको मेनुमा विशेषगरी मट्का, मसला, आइस टि, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट् टी उपलब्ध रहेका छन् ।

अन्य क्याफे र रेस्टुराँ भन्दा चिया सागरको मेनु फरक रहेकाे संचालन केशव शर्माकाे भनाई रहेकाे छ। ‘महत्वपूर्ण मसालायुक्त, ए वान ग्रेडको मसाला मिसाएर आफ्नै रेसिपी तयार पारेका छौं,’ सञ्चालक शर्माले भने, ‘हामीले उपभोक्तालाई फरक स्वाद चखाउँछौं।’

चियाका पारखीहरुलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ५० देखि १ सय ६० रूपैंयाँसम्मका आइटम उपलब्ध छन्।

सिंगो पट् अर्डर गर्नु परेमा २ सय देखि ३ सय ५० रूपैंयाँ मूल्य तोकिएको छ। चिया, कफी बाहेक बेकरी र स्यान्डवीच पनि मेनुमा उपलब्ध छन्।

चिया सागरमा १ सय ५० देखी २ सय मानिसहरू एकै पटक बस्न मिल्ने क्षमता छ। १५ देखि २० जना अट्ने दुई वटा बेग्ला बेग्लै साना रूम छन्।

‘बिभिन्न कार्यक्रम आयोजना गर्न र भेटघाटका लागि चिया सागर उपयुक्त छ,’ सञ्चालक शर्माले भने।
यस्तै चियासँग सम्बिन्धित उत्पादनहरू आयात तथा निर्यात गर्ने लक्ष्य रहेको उनले बताए।

चिया सागर प्रा.लि. ले राजधानीमा छिट्टै ५ र उपत्यकाबाहिर दुई ठाउँमा ब्रान्च बिस्तार गर्ने तयारी गरिरहेको छ। केशब शर्मा, नविन शर्मा र प्रकाश पौडेलसहित तीन जना सञ्चालक छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति