संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपियो

काठमाडौं, ५ साउन । संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको म्याद सात दिन थपेको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माण गर्ने क्रममा गत १४ जेठमा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न सो समिति गठन गरिएको हो ।

काम थालेको १० दिनभित्र आफ्नो जिम्मेवारी पूरा गर्न कार्यावधि तोकिएको थियो । तर, समय अपुग हुने भन्दै समिति सदस्यको आग्रहअनुसार सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार म्याद थप सम्बन्धी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति