काठमाडौं ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपाका सचिवालयका नेताहरुको कम्युनिष्ट एकता अभियानलाई अर्को फुटको मेलो भन्दै आलोचना गरेका छन् ।
वाम एकताका लागि भन्दै मंगलबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तत्कालीन नेकपा सचिवालयका पाँच नेता जुटेका थिए।
एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेलालाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै ओलीले कर्मले कांग्रेसको पुच्छर समाएकाहरुले वाम एकता भन्दै हिंडन् नसुहाउने बताए ।
ओलले भने – फेरि केहीले वाम एकता अभियान चलाउन थालेछन्ु, उनले वामदेवतिर लक्षित गर्दै भने, यो अभियान के का लागि ? अर्को फुटका लागि एकताको अभियान चलाइएको छ।
ओलीले आगामी प्रदेश र प्रतिनिधिसभामा निर्वाचनबाट एमाले सरकारमा फर्किनु पर्ने दावी गरेका छन्।
राष्ट्रिय हितका लागि एमालेको सरकार गठन हुनुपर्छ। आगामी निर्वाचनबाट एमालेको सरकार आउँछ ओलीले भने, हाम्रो आफ्नै कारणले गत स्थानीय निर्वाचनमा सोचे जस्तो परिणाम आएन। कति इमानका साथ हामीले काम गर्यौँ र सोच्यौँ व्यवहार गर्यौँ, एक पटक सबैले सोच्नुहोला।
प्रतिक्रिया